यो जापान नेपाल सोसाइटी को नेपाली वेबसाइट हो।

जापान नेपाल संस्था एक परिचय

यस जापान नेपाल संस्था दुइ देशको जनस्थरिय सास्कृतिक संबन्ध तथा सहयोगका सथै मैत्री भावना बढाउने हेतुका साथै नेपाली महानुभावहरुले खुसी हुने कार्य गरौं भन्ने उदेष्यले स्थापना शाखा गरिएको संस्था हो। संस्थाका संस्थापक अध्क्ष्यमा श्री हिदाखा हुनुहुन्थ्यो। उहाँको पालामा संस्थाका सदस्यहरुले गर्दै आउनु भएको हरेक व्यक्ति व्यक्तिको कृयाकलापनै संस्थाको कृयाकलापको रुपमा अगि वढौ भन्ने नारा सहित सदस्यहरुको सकृय सहभागीताको लागी जोड दिनु भएको थियो। नेपालको प्रविधी सहयोगमा अग्रणी भुमिका खेल्नु भएका सास्कृतिक मानव शास्त्रविध श्री खावा किता जिरो, अन्टाक्टिर्काका श्री निसिवोरी एइजावुरो, विश्वको प्राक्रितिक संरक्षण गर्नको आव्हान गर्नुहुने श्री नुमाता सिन जस्ता बिद्धान अग्रजहरुको निरन्तर प्रयासले गर्दा यस संस्थाले स्थापनाको ४० बर्ष पार गरिसकेको छ।

सदस्यता लिनको लागी

जापान नेपाल संस्थामा नेपाली तथा नेपालको संस्कृति अथवा प्रकृति आदिमा अभिरुची भएका जो कोहिले पनि सदस्यता लिन सक्ने खुला संस्था हो। यसको लागी केहि प्रावधानहरु रहेकाले सदस्यताको लागी होमपेजको सम्पर्कमा क्लिक गरी हामी संग सम्पर्क राख्‍न अनुरोध गर्दछौ।

सस्था सम्बन्धी केहि जानकारीहरु

संस्थाको नामः जापान नेपाल संस्था
छोटकरी नामः निचिने
अध्क्ष्यः श्री मिचुआकी कोजिमा
स्थापनाः  २०२१ साल मंसिर २० गते
सदस्य संख्या सन् २००८ साल अक्टोवर सम्म ५४६ जना

संस्थाको सिम्वल चिन्ह

संस्थाको ठेगानाः

१४१-००३२ टोक्यो तो, सिनागावा कु, ओसाकी ३-६-२१, न्यु ओसाकी ७०२
टेलिफोन तथा फ्याक्स नम्वरः ०३-३४९१-०३१४
इमेलः jns@big.or.jp 
(
अंग्रेजी तथा नेपाली इमेलको जवाफमा समय लाग्न सक्ने छ)

サブメニュー

トピックス

日本語